20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तको आईपीओ पहिलो दिनै ११ गुणा बढीले ओभरसब्सक्राइब्ड

spot_img

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै ११ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

संस्थाले आज वैशाख २ गतेबाट चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरिएको हो।

कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज दिउँसो ३ बजेसम्म ३ लाख ५३ हजार ५८७ आवेदकले ४१ लाख १७ हजार ९५० कित्ता खरिदका लागि आवेदन दिएका छन्। जुन मागभन्दा ११.१४ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ३६ हजार ९४८ जना १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन दिने म्याद वैशाख ६ गते बैंकिङ समयपछि समाप्त हुनेछ।

सिवाईसी नेपालको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।

यो आईपीओलाई धितोपत्र बोर्डले गत चैत ९ गते निष्कासनको अनुमति दिएको थियो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img