19.1 C
Nepal
Wednesday, September 27, 2023
spot_img
spot_img

सीवाईसी नेपाल लघुवित्तको आईपीओमा मागभन्दा करिब ७० गुणा बढी आवेदन

spot_img

काठमाडौं– सीवाईसी नेपाल लघुवित्तको आइपीओमा २ अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

सीडीएसका अनुसार अन्तिम दिन मंगलबार (वैशाख ६ गते) साँझसम्ममा २२ लाख ७७ हजार ७४३ जनाले २ करोड ५६ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीको सेयरमा माग गरिएको भन्दा ६९.५२ गुणा बढी आवेदन परेको हो। अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुन सक्ने जनाइएको छ।

कम्पनीले वैशाख २ गतेबाट कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन गरेको हो। कुल सेयरमध्ये १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषका लागि र ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्ष्वस्था थियो।

यो आईपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। रेटिङ एजेन्सी केयर नेपालले सीवाइसी नेपालको आइपीओलाई ‘केयर एनपी डबल बी माइनस’ प्रदान गरेको छ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img