14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

सुदूरपश्चिम प्रदेशमा कांँग्रेसले भाग माग्यो :अध्यक्ष दाहाल

spot_img

धनगढी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा नेपाली कांँग्रेसले पनि प्रतिनिधित्व खोजेको बताएका छन् ।

अध्यक्षदाहालले सोमबार धनगढी पुगेर पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा कांँग्रेसले भाग मागेपछि कांँग्रेसलाई पनि सरकारमा सहभागी गराउन लागेको बताएका हुन् ।

उनले कांँग्रेसलाई पनि सहभागी गराउने भन्ने टुंगिसकेको र कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको बताए ।

उनले भने,‘सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । कांँग्रेसले निर्वाचन नजिक आउँदै गर्दा सुदूरपश्चिममा पनि हाम्रो हुनपर्यो किनकि सबै प्रदेशमा छ सुदूरपश्चिममा कांँग्रेसको प्रतिनिधित्व छैन भनेर कुरा उठेको थियो ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा सहभागी हुन खोजेपछि संख्या बढाउने ठाउँ नभएकाले समाजवादीबाटै धेरै मन्त्री भएकाले एसका अध्यक्ष माधवकुमार नेपाललाई त्याग गर्न आग्रह गरेको उनले बताए ।

उनले भने,‘अस्तिको छलफलमा प्रधानमन्त्री देउवा,माधव नेपाल र म बीचको भएको छलफलमा कांँग्रेसलाई सहभागी गराउने कुरा उठ्यो ।

कांँग्रेस सरकारमा सहभागी हुन्छु भनेको कुरालाई हामीले राम्रै मान्छौं । तर त्यसो गर्नका लागि हामीले यहाँ संख्या बढाउने ठाउँ नै छैन् ।

भएकै संख्यामा कसै न कसैले त्याग गर्नुपर्ने हुुन्छ । अहिले समाजवादीको मन्त्रीहरु धेरै हुनुहुन्छ । माधवजीले नै पार्टीभित्र छलफल गरेर कति सकिन्छ अलिकति त्याग गर्ने पालो तपाईको आयो भन्ने कुरा पनि चर्चा भयो ।’

- Advertisement -

नेपालले सुदूरपश्चिममा नेकपा एसलाइए नेतृत्व दिनुपर्छ भनेर कुरा राखेको उनले बताए ।

 

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img