13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

सुदूर सरकारमा कांँग्रेस प्रबेश, रणबहादुर बने आन्तरिक मामिला मन्त्री

spot_img

काठमाडौं, सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांँग्रेस पनि सहभागी भएको छ। केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांँग्रेसलाई पनि सहभागी गराइएको हो।

कांग्रेसलाई तीन मन्त्रालय भाग लगाइएको छ। जसमा कांँग्रेस प्रदेस संसदीय दलका नेता रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानूनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ।

यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन्। यसअघि एकीकृत समाजवादीबाट आन्तरिक मामिलामन्त्री रहेकी पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको हो।

उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो। यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुमारी चौधरी फिर्ता भएकी छन् भने एकीकृत समाजवादीकै कुलबीर चौधरी नियुक्त भएका छन्।

यसअघि नेपाली कांँग्रेसका सुदूरपश्‍चिम प्रदेश सभापति वीरबहादुर बलायतले पार्टीलाई सम्मानजनक अवस्थामा सरकारमा सहभागी नगराएसम्म गठबन्धन समस्यामा पर्ने बताएका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img