सुनको मूल्य अहिलेसम्म कै उच्च

|

काठमाडौं- नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार १०० रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको हो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलाको १ हजार ९८५ रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।

२०८१ फाल्गुन ७, बुधबार प्रकाशित