सुर्खेत, सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा उनी ९११ मतका साथ विजयी भएका हुन् । कँडेलका प्रतिस्पर्धी हर्षविक्रम खड्काले ८६३ मत प्राप्त गरे ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ९४१ मत ल्याएर गणेशकुमार बस्नेत विजयी भए । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याए । वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावल ९२० मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी दीपेन्द्र ढकालले ७८४ मत पाए ।
उद्योग उपाध्यक्षमा सिंहराज वम ८६७ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी प्रेम पाण्डेले ८५७ मत ल्याए । महिला उपाध्यक्षमा तारा रावत ८८२, महासचिवमा भद्र भण्डारी ८७२, उप(महासचिवमा कृष्णप्रसाद सुवेदी ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डे ९३८ र सह(कोषाध्यक्षमा सूर्यबहादुर खत्री ८६५ मत ल्याएर विजयी भएका छन् ।
महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा ८२१, महासचिवमा रामप्रसाद जैसी ८६५, उपमहासचिवमा पूर्णदेव अधिकारी ८१२, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही ७६५ र सह(कोषाध्यक्षमा भीमप्रसाद पौडेल ८३२ मत ल्याएर निर्वाचित भए ।
२०५८ कूल मतदातामध्ये निर्वाचनमा १८२४ जना सहभागी थिए ।