14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

स्थानीय तहको चुनावी अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै कांँग्रेस

spot_img

काठमाडौ, नेपाली कांँग्रेसले स्थानीय तहको निर्वाचन–लक्षित अभियान ‘घरघर जाऔं, नेपाली कांँग्रेसलाई जिताऔं’बारे जानकारी दिन आज (बुधबार) पत्रकार सम्मेलन गर्दै छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन्।

कांँग्रेस केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो ३ बजे पत्रकार सम्मेलन हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तहको चुनावमा आफ्नो पार्टीका पक्षमा जनमत तान्न कांग्रेसले यह फागुन २९ गते ‘घरघर जाऔं, नेपाली कांँग्रेसलाई जिताऔं’ अभियान सुरु गर्न लागेको हो।

त्यसका लागि कांँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। उनीहरूलाई फागुन २७ गतेभित्र खटाइएको जिल्लामा पुग्न निर्देशन दिइएको छ।

जिल्ला जाने केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरु हुनअघि र सुरु भइसकेपछि अनिवार्य रुपमा सबै स्थानीय तहमा पुग्न भनिएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img