18.5 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

स्थानीय तहको निर्वाचन गराउन एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

spot_img

काठमाडौं, स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबारदेखि दरखास्त आह्वान गरिएको हो। चैत ६ देखि ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन्।

म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीन वटा प्रहरी परिसरमा पाइन्छ। साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन्।

सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्ण भएकालाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। पूर्वसुरक्षाकर्मी र पूर्ववन रक्षकले पनि म्यादी भर्नामा प्राथामिकता पाउनेछन्।

यसअघिको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकाहरुलाई पनि प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ। २०७८ चैत १५ बाट म्यादी प्रहरीको छनोट सुरु हुने र चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img