14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

स्याङ्जा जीप दुर्घटनामा मृत्यु भएका ६ जनाकै पहिचान खुल्यो

spot_img

स्याङ्जा, स्याङ्जामा जीप दुर्घटनामा परि मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। बिहान १० बजे वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित सडकखण्डमा ग १ ज ७३९९ नम्बरको जीप सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको थियो।

जीपमा सवार वालिङ नगरपालिका–१२ डाँडाखर्क बस्ने ६५ वर्षीय वीरवहादुर दाला, ५४ की हिरा दाला, २५ की शर्मीला सारु, उनको ७ महिनाको छोरा र ६१ वर्षीया कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिए।

दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। घाइते हुनेहरुमा ६० वर्षीय अंगवहादुर दाला, ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीया नविना सारु, १९ वर्षीया लक्ष्मी दाला र ६० वर्षीय दलबहादुर थापा रहेका छन्। उनीहरु गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img