12.7 C
Nepal
Friday, December 9, 2022
spot_img
spot_img

स्व.देवीप्रसाद भट्टराई उत्कृष्ट निर्यातकर्ताको सम्मान ब्यावसायी बिमलीलाई

spot_img

बिर्तामोड । झापा बिर्तामोड –५ का अलैंची व्यवसायी ओमकृष्ण विमली उत्कृष्ट निर्यातकर्ताको रुपमा सम्मानित भएका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको स्व.देवीप्रसाद भट्टराई उत्कृष्ट निर्यातकर्ता सम्मान बिर्तामोड –५ का अलैंची व्यवसायी ओमकृष्ण विमलीलाई प्रदान गरिएको हो ।

महासंघको बिर्तामोडमा भएको चौथो केन्द्रीय महाधिवेशनको अबसर पारेर व्यवसायी विमलीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्की, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं.१ का अध्यक्ष टीकाराज ढकाल, अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे, केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्कालगायतको उपस्थिति रहेको थियो ।

लामो समयदेखि बिर्तामोड –५ मा रहेको ऊँ पाथीभरा स्टोर्स नामको ब्यापारिक फर्म संचालन गर्दै आएका बिमलीले सम्मानले आफूमा जिम्मेवारी बढेको बताए ।

उनले आफूलाई उत्कृष्ट निर्यातकर्ताको रुपमा सम्मान गरेर अलैंचीको व्यवसायमा लाग्न अझ हौसला मिलेको भन्दै खुशी व्यक्त गरे ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img