काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले आज हिमालयन हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमति यो कम्पनीले अब स्थानीय र सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।
जुन चुक्तापुँजीको २०.५५ प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ पुग्ने छ। कम्पनीमा संस्थापक समूहको ८७ करोड रुपैयाँबराबरको सेयर रहेको छ।
जुन चुक्तापुँजीको ७९.४५ प्रतिशतबराबर हुन आउँछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।