13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

१९४ जनामा कोराना सङ्क्रमण पुष्टि , एकको मृत्यु

spot_img

काठमाडौं, पछिल्लो २४ घण्टामा १९४ जनामा कोराना सङ्क्रमण पुष्टिभएको छ । तीन हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार छ हजार ३९४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १९४जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ३७६ जना कोराना सङ्क्रमण मुक्त भएका छन् । कोराना सङ्क्रमण मुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा कोराना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख तीन हजार ६२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

त्यस्तै नेपालमा हाल पाँच हजार ८७५ जना सक्रिय सङ्क्रमित छन् ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img