12 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

२०७४ मा जस्तै एमाले र माओवादी मिल्ने चिन्ता छ डा.कोइराला

spot_img

काठमाडौं– नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले २०७४ सालमा जस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुनसक्ने चिन्ता रहेको बताएका छन्।

मंगलबार कोइराला निवासमा आयोजित चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा उनले त्यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए। उनले गठबन्धन केका लागि गर्ने भन्ने प्रष्ट हुनुपर्ने बताए।

अरु पार्टीहरुलाई जिताउनका लागि गठबन्धन हो कि ती पार्टीहरुले नेपाली कांँग्रेसलाई पनि भोट दिनका लागि गठबन्धन होु, उनले भने, हाम्रो नेताहरुको सोच त्यता पनि जानुपर्ने आवश्यकता मैले देखेको छु। कांँग्रेसलाई गठबन्धनबाट फाइदा हुन्छ कि हुँदैन। भोट आउँछ कि आउँदैन ?

उनले कांँग्रेसका उम्मेदवारलाई भोट नआउने भए गठबन्धनको किन जरुरत पर्‍योरु भन्ने प्रश्न पनि गरे। भोट ल्याउने उपाय के हो तरु हामीले ९० प्रतिशत भोट अर्को पार्टीका नेतालाई खसाल्दिने, उहाँहरु जित्ने।

अनि हामीलाई चाहिँ भोट नदिने हो भने त्यस्तो गठबन्धन हामीलाई चाहिँदैनु, उनले भने। डा. कोइरालाले विभिन्न जिल्लाका कार्यकर्ताहरुसँग फोनमा कुरा हुँदा, भेटघाट हुँदा, जिल्ला जाँदा कुरा हुने गरेको र उनीहरुले गठबन्धन गरेर जान नहुने धारणा राख्ने गरेको बताए।

उहाँहरुको भनाइ के छ भने, हामीहरु गठबन्धन गरेर जानु हुँदैन भन्ने छ। गठबन्धनले कांँग्रेसलाई फाइदा गर्दैन भन्ने छु, उनले भने।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img