14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

२४ अंकले घटेको सेयरबजारमा २ अर्बको पनि भएन कारोबार

spot_img

काठमाडौ, साताको अन्तिम कारोबार दिन सेयरबजारमा गिरावट आएको छ। बिहीबार नेप्से २३.९५ अंकले र सेन्सिटिभ सूचक ४.६० अंकले घटेको हो।

नेप्से २५४४.३० विन्दूमा आइपुगेको छ। आज २२८ कम्पनीको ३७ लाख ८७ हजार कित्ता सेयर बिक्री भएको छ।

दिनभरिमा ३७ हजार ४ सय २९ पटकको खरिदबिक्रीपछि १ अर्ब ८९ करोड रुपैयाँको मात्र कारोबार भएको छ। अघिल्लो दिन भने नेप्से दोहोरो अंकले बढेको थियो।

आज व्यापारबाहेक सबै समूहका सूचक घटेका छन्। आज पनि इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेस्डोका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्।

आज २८ कम्पनीको सेयर बढ्दा १६४ कम्पनीको घटेको छ भने २ वटाको मूल्य उही छ। लगानीकर्ताले आज ४.७९ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।

सर्वाधिक कारोबारमा इमर्जिङ नेपाल अगाडि छ। कम्पनीको ९ करोड २३ लाखको खरिदबिक्री भएको हो।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img