काठमाडौं, पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा २२४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा तीन हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार ९२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर २२४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
सोही अवधिमा २५१ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ ।
मंगलबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो । पछिल्ला २४ घण्टामा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । त्यस्तै, नेपालमा हाल पाँच हजार ६९२ जना सक्रिय सङ्क्रमित छन् ।