19.1 C
Nepal
Thursday, September 28, 2023
spot_img
spot_img

४ घण्टाको प्रयासपछि नियन्त्रणमा आयो दमौलीको आगो

spot_img

तनहुँ– तनहुँको सदरमुकाम दमौलीमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आएको छ।

व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

दमौली मुख्य चोकमा रहेको भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो अन्य पसलमा समेत सल्किएपछि नियन्त्रणमा लिन कठिनाइ भएको थियो।

बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

हामी क्षतिको विवरण सङ्कलन गर्दैछौं, पछि यसबारेमा जानकारी गराउँछौं, खड्काले भने। आगलागीबाट चाररपाँच घरमा क्षति पुगेको छ।

व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रणमा लिइएको थियो।

साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो । पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो।

सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पु-याएको थियो। आगलागी नियन्त्रणका लागि चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गण (इ) नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका थिए।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img