11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

४ हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण

spot_img

काठमाडौ, पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ। पछिल्लो समय २२० कोरोनाबाट निको भएर घर फर्किएका छन्।

यससँगै निको हुनेको संख्या ९ लाख ६१ हजार ७८१ पुगेको छ। निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। आज संक्रमणबाट कसैको पनि निधन भएको छैन।

मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन, कास्की र बाँके रहेका छन्। शून्य संक्रमित भएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।

नेपालमा सङ्क्रमणदर १७.८ प्रतिशत रहेको छ। हाल होम आइसोलेसनमा चार हजार ३०२, संस्थागत आइसोलेसनमा ७४, आईसीयुमा २८ र भेन्टिलेटरमा छ जनाको उपचार हुँदैछ।

पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन्।

रासस

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img