20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

६ महानगरको भागवण्डा : भरतपुर माओवादीको भागमा पर्दा पोखरा एकीकृत समाजवादीको पोल्टामा

spot_img

काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनले ६ वटा महानगरपालिकाको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ। त्यसका लागि मंगलबार अपराह्न गठबन्धनको बैठक बस्दैछ।

तर, गठबन्धनको बैठकअघि नै ६ वटा महानगरपालिका भागवण्डाको करिब अन्तिम टुंगो लागिसकेको बताइएको छ। स्रोतका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा जहाँ जसले जितेको थियो, उसैलाई छाड्ने सहमति गठबन्धनमा जुटिसकेको छ।

त्यसरी भाबण्डा गर्दा भरतपुर महानगरपालिका पुनः माओवादीकै भागमा पर्ने भएको छ। वीरगन्ज महानगरपालिका जनता समाजवादीको भागमा परेको छ भने ललितपुर महानगरपालिका कांँग्रेसको भागमा पर्नेछ।

विराटनगर महानगरपालिकामा पनि यसअघि कांँग्रेसले जितेको थियो। तर, विराटनगरमा जसपाले भने गरिरहेको स्रोतको दाबी छ। ०७४ सालमा एमालेले जितेको काठमाडौं महागनरपालिका कांँग्रेसले लिने र पोखरा एकीकृत समाजवादीलाई दिने तयारी भएको गठबन्धनका एक नेताले जानकारी दिए।

‘भरतपुरमा कांग्रेसको विरोधका बाबजुद पनि माओवादीले नै पाउने निश्चित प्रायः छ। विराटनगरमा कांग्रेसले जितेको हो। तर, जसपाले पनि दाबी गरिरहेको छ।

यद्ययि अघिल्लो चुनावको परिणामलाई आधार बनाएर भागवण्डा गर्ने हो भने विराटनगर कांँग्रेसले नै पाउनेछ,’ ती नेताले भने, ‘काठमाडौं कांँग्रेसले राखेर पोखरामा एकीकृत समाजवादीलाई दिने तयारी भएको छ। यद्यपि चार बजेको बैठकले अन्तिम टुंगो लगाउनेछ।’

 

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img