11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

६ महानगरको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्रै दलको चुनाव चिह्न हुने

spot_img

काठमाडौं– निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै छाप्ने भएको छ।

अन्तिम नामावली प्रकाशित भएपछि मतपत्र छाप्दा दलहरुले आफ्नो उम्मेदवार उठाएको ठाउँ (पद)मा मात्रै चुनाव चिह्न रहने भएको छ।

नेकपा माओवादी केन्द्रले आफ्नो दलले उम्मेदवार उठाएको ठाउँमा मात्रै मतपत्रमा चुनाव चिह्न राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो। निर्वाचन आयोगले भने उम्मेदवार नहुने ठाउँमा चुनाव चिह्न राख्न सम्भव नहुने बताउँदै आएको छ।

शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदबारी दर्ता भएपछि मतपत्र छाप्दा कम चिह्न हुने कुरा आयोगले महसुस गरेको, तर यो सम्भव नभएको बताए।

‘उम्मेदबारी भइसकेपछि त्यतिमात्र मतपत्र छाप्न सके राम्रो। प्रतिनिधि सभाको निर्वाचनमा यस्तो भएको थियो,’ उनले भने, ‘मतपत्र छाप्ने कुरा यसअघि नै तय भएकाले अब सम्भव छैन।’

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img