14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

६ हजार बढी नमूना परीक्षण गर्दा १०० भन्दा कममा कोरोना पुष्टि

spot_img

काठमाडौं– नेपालमा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ६ हजार २२० नमूनाको परीक्षण हुँदा शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा २ हजार ६६२ जनाको पीसीआर र ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।

एन्टिजेन परीक्षणको तथ्याकंमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ। पीसीआर परीक्षणबाट ६७ जनामा र एन्टिजेन परीक्षणबाट २४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९४५ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि ३६२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ६ हजार ९४७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img