Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश राजनीति समाचार

अभिनेत्री करिश्मा मानन्धर वैशाखमा एमाले प्रवेश गर्ने

काठमाडौं, सदाबाहर अभिनेत्री मानिने करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्दैछिन्।

पार्टीको स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते आयोजना गर्न लागिएको एक विशेष कार्यक्रममा मानन्धर एमाले प्रवेश गर्न लागेकी हुन्। उनलाई पार्टी अध्यक्ष केपी ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको बताइएको छ।

एक साताअघि पनि अभिनेत्री मानन्धरले अध्यक्ष ओलीलाई निवासमै पुगेर भेट गरेकी थिइन्। अभिनेत्री मानन्धर नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी थिइन्।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *