Sarokar News

Best News Forever

खेलकुद

आईपीएलमा बैंग्लोरको दोस्रो जीत, राजस्थान रोयल्स ४ विकेटले पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ। जारी प्रतियोगतामा राजस्थानको यो पहिलो हार हो।

जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको बैंग्लोरले १९।१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरको जितमा विकेटकिपर दिनेश कार्तिकले २३ बलमा अविजित ४४ रन बनाए।

बैंग्लोरलाई ओपनर तथा कप्तान फाफ डु प्लेसिस र अनुज रावतले ७ ओभरमा ५५ रनको साझेदारी गरेका थिए। डु प्लेसिसलाई स्पिनर युजभेन्द्र चहलले २९ रनमा आउट गराए भने रावतले २५ बलमा २६ रन बनाए। विराट कोहली ५ रनमा रन आउट हुँदा डेविड विल्ली शून्यमै बोल्ड भए।

राजस्थानका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । नवदीप सैनले १ विकेट लिए।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो। राजस्थानका जस बटलरले ४७ बलमा अविजित ७० रन बनाए।

बैंग्लोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए । राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६१ रन र दोस्रो खेलमा मुम्बई इन्डिन्सलाई २३ रनले हराएको थियो। अब आइतबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ।

बैंग्लोर पहिलो खेलमा पन्जाबसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको थियो। अव शनिबार मुम्बईसँग खेल्नेछ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *