Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

आज पनि बस्दै गठबन्धनको बैठक, चुनावी तालमेलको मोडालिटीबारे टुंगो लाग्ने

काठमाडौ, सत्ता गठबन्धनमा रहेका पाँच दलले आज आसन्न स्थानीय तहको चुनावी तालमेलको मोडालिटीबारे आज टुंगो लगाउने भएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

सोमबार बसेको गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो । तर, सो छलफल निष्कर्ष भने निकाल्न सकेन ।

आज पुनः चुनावी तालमेलको मोडालिटीबारे छलफल गरिने नेपाली कांँग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सोमबारको बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्नेरु कुन आधारमा गर्नेरु भन्नेबारे छलफल भएको थियो ।

साथै, शीर्ष नेताहरूको सो बैठकले स्थानीय तह निर्वाचनमा सहकार्य र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको थियो ।

गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्रसमेत बनाइसकेको छ । तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुंगो लगाउने बताइएको छ ।

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *