Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

आयोगले आचारसंहिताबारे दलहरूको प्रतिबद्धता लिने

काठमाडौँ, निर्वाचन आयोगले स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन सम्बन्धमा राजनीतिक दलहरूबाट प्रतिबद्धता लिने भएको छ ।

आयोगले चैत ३ गते स्थानीय निर्वाचन आचारसंहिता स्वीकृत गरी राजपत्रमा प्रकाशित गरिसकेको छ ।

आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार स्थानीय निर्वाचनमा भाग लिन दर्ता भएका ७९ दलबाट आयोगले आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो ।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग चैत २२ गते छलफल गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *