Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश राजनीति समाचार

एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक आजदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदै छ। दुई दिनसम्म चल्ने बैठक काठमाडौमा बस्ने भएको छ। बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको छ।

बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर संगठन विस्तार, पार्टी तथा जनवर्गीय संगठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल गरिने नेत्री दिलु पन्तले जानकारी दिइन्।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको संगठनात्मक अवस्था, एमसिसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।

बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ। उक्त बैठकमा छलफल गरिने केही महत्वपूर्ण विषयमा सोमबार बसेको पोलिटब्यूरो बैठकले टुङ्गो लगाएको थियो।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *