Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

गठबन्धनले तय गर्यो उम्मेदवार चयनको मापदण्ड

काठमाडौ, सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको छ ।

मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीले पाँचदलीय गठनबन्धनका बीच स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट गर्दा देहायबमोजिमको संयन्त्रले देहाय बमोजिमको सिट बाँडफाँट गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तो छ मोडालिटी

महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँचदलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने।

नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँटको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यहरूको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने।

प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई–दुईजना प्रतिनिधि रहने। प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ–आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ।

सबै तहको बैठकको संयोजन नेपाली कांँग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *