Sarokar News

Best News Forever

अन्तराष्ट्रिय

गुमाए पाकिस्तानी प्रधानमन्त्री खानले विश्वासको मत

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद्‍मा विश्वासको मत गुमाएका छन्।

प्रधानमन्त्री खानविरुद्ध गत महिना अविश्वास प्रस्ताव पेस भएको थियो।। प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग (एन–पीएमएलएन) ले त्यहाँको राष्ट्रियसभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो।

१४० जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरिएको थियो। पाकिस्तानको संविधानअनुसार प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुनका लागि सामान्य बहुमत भए पुग्छ।

३४२ सदस्य रहेको राष्ट्रियसभामा अविश्वास प्रस्ताव पारित भएपछि खानको पद जाने भएको छ। खानको पार्टीसँग राष्ट्रियसभामा १५५ सिट मात्रै छ।

उनले केही साना दलसँग मिलेर सरकार बनाएका हुन्। गत वर्ष मार्चमा खानले विश्वासको मत लिएका थिए। त्यतिबेला उनले १७८ भोट पाएका थिए।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *