Sarokar News

Best News Forever

खेलकुद

दिल्लीविरुद्ध बैंग्लोर १६ रनले विजयी, उक्लियो तालिकाको तेस्रो स्थानमा

एजेन्सी, इण्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले चौथो जीत निकालेको छ । गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले हराउँदै बैंग्लोरले लिगमा चौथो जीत निकालेको हो । उसले ६ म्याच खेल्दा दुई खेलमा भने हार बेहोरेको छ ।

दिल्लीले भने लगातार दोस्रो खेलमा हार बेहोर्‍यो । आफ्नो पाँचौँ खेलमा बैंग्लोरले दिएको १९० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।

उसका लागि ओपनर डेविड वार्नरले अर्धशतकीय पारी खेले पनि टिमलाई जीत दिलाउन भने सकेनन् । उनले ३८ बलमा पाँच छक्का र चार चौकासहित ६६ रन बनाए ।

त्यस्तै, कप्तान ऋषभ पन्त ३४, शार्दुल ठाकुर १७ र पृथ्वी शा १६, मिचेल मार्श १४ रनमा आउट भए । अक्षर पटेल र कुलदीप यादव १०र१० रनमा अविजित रहे ।

बैंग्लोरका जोश हेजलउडले तीन, मोहम्मद सिराजले दुई र वानिन्दू हसरंगाले एक विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको आरसिबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

उसका लागि दिनेश कार्तिक र ग्लेन म्याक्सवेलले आक्रामक पारी खेले । कार्तिकले ३४ बलमा पाँच छक्का र पाँच चौकासहित अविजित ६६ रन बनाए ।

म्याक्सवेलले ३४ बलमा सात चौका र दुई छक्काको सहयोगमा ५५ रनको योगदान दिए । सहबाज अहमद ३२ रनमा अविजित रहे ।

कप्तान फाफ डुप्लेसिस आठ, विराट १२ र सुयश प्रभुदेसाई ६ रनमा आउट भए । दिल्लीका लागि कुलदीप यादव, अक्षर पटेल, खलिल अहमद र शार्दुल ठाकुरले एकरएक विकेट लिए ।

यो जीतसँगै बैंग्लोर तेस्रो स्थानमा उक्लिएको छ । चार अंक जोडेको दिल्ली भने तालिकाको आठौँ स्थानमा छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *