Sarokar News

Best News Forever

अर्थतन्त्र सूचना प्रविधि

नेपाल टेलिकमले ल्यायो होली विशेष अफर

काठमाडौं– नेपाल टेलिकमले फागु पर्व (होली) विशेष अफर ल्याएको छ। पर्वको अवसरमा टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ।

अफर चैत ३ गतेदेखि १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। अफरअन्तर्गत ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टाका लागि अपलध हुनेछ।

त्यस्तै, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनका लागि र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ। अफर १४१५ डायल गरी वा ‘नेपाल टेलिकम एप’बाट लिन सकिने जनाइएको छ।

नेपालीहरुको महत्त्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *