Sarokar News

Best News Forever

राजनीति समाचार

फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल नेपालमा, उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौ, फ्रान्सेली सांसदको एक प्रतिनिधिमण्डल मंगलबार नेपालको औपचारिक भ्रमणमा आएको छ।

फ्रान्स—नेपाल संसदीय मैत्री समूहका सभापति भेरोनिक रायोट्टनको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल आएको हो।

काठमाडौस्थित फ्रान्सेली दूतावासका अनुशार पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाल—फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधव कुमार नेपालको निमन्त्रणामा फ्रान्सको संसदीय टोली नेपाल आएको हो।

प्रतिनिधिमण्डलमा फ्रान्स—नेपाल संसदीय मैत्री समूहका उपाध्यक्षद्वय निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियर सहभागी छन्।

औपचारिक भ्रमणका क्रममा फ्रान्सेली सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओली र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग भेटवार्ता गर्नेछन्।

नेपालको निजी क्षेत्र र थिंक ट्यांकसंग पनि फ्रान्सेली सांसदले अन्तर्क्रिया गर्ने भएका छन्। नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले भ्रमण हुन लागेको फ्रान्सेली दूतावासले जनाएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *