Sarokar News

Best News Forever

Uncategorized

बनारसमा योगी आदित्यनाथले गरे प्रधानमन्त्री देउवाको भव्य स्वागत

काठमाडौ, भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले उत्तर प्रदेशस्थित बनारस पुगेका छन्।

आज आइतबार स्वदेश प्रस्थान गर्नुअघि उनी बनारसमा आयोजित कार्यक्रममा सहभागी भएका हुन्। बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले स्वागत गरेका छन्।

भ्रमण टोलीसहित बनारस पुगेका देउवाले त्यहाँ काशी विश्वनाथ धाममा पूजाआजा गर्ने कार्यक्रम छ। त्यसपछि आजै अपराह्न सवा ४ बजे प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा उनी पत्नी आरजु देउवा, ४ मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार अपराह्न दिल्ली पुगेका थिए।

भ्रमण टोलीमा सहभागी मन्त्रीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन्। ​

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *