Sarokar News

Best News Forever

कर्णली प्रदेश देश समाज मुख्य समाचार राजनीति समाचार

राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा माओवादी : अध्यक्ष दाहाल

सुर्खेत– राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा माओवादी नै रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।

देश माओवादीकै एजेन्डामा चलिरहेको बताउँदे उनले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन्।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सबै निर्वाचनसम्म गठबन्धन सुरक्षित रहने बताए।

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका उनले एमसीसीको विषयलाई लिएर गठबन्धनमा कुनै खटपन नभएको बताए।

दाहालले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको दाबी गरे। अध्यक्ष दाहालले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताए।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *