Sarokar News

Best News Forever

अर्थतन्त्र मधेश प्रदेश मुख्य समाचार समाचार

विश्व बैङ्क बाहिरिए पनि हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको काम नरोकिने

काठमाडौँ, ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैङ्क बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका महत्त्वपूर्ण मानिएको यो प्रसारणलाइन निर्माणमा अत्यधिक अवरोध आएको भन्दै विश्व बैङ्क गत नोभेम्बरदेखि बाहिरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व बैङ्क बाहिरिएकै कारण आयोजना निर्माण अवरुद्ध नहुने जानकारी दिए ।

विश्व बैङ्कले सो आयोजनामा १३ करोड ८० लाख अमेरिकी डलर ऋण सहयोग गर्ने भएपछि सन् २०११ देखि नै आयोजना कार्यान्वयन थालिएको थियो ।

घिसिङका अनुसार विश्व बैङ्क बाहिरिए पनि सम्झौता गरेको रकमको ७० देखि ८० प्रतिशत रकम लगानी भइसकेको छ ।

“अब बाँकी रकम सरकारले वा नेपाल विद्युत् प्राधिकरण आफैँले लगानी गर्छ,” उनले भने, “अहिले पनि प्राधिकरणले आन्तरिक स्रोतमार्पmत काम गरिरहेको छौँ, सरकारले पनि यसमा बजेट विनियोजन गर्छ होला ।

” प्रसारणलाइनअन्तर्गत अहिले कोसी नदीमा पोल गाड्ने काम जारी छ । पानीको बहाव क्षेत्रमै पोल गाड्ने काम भइरहेको छ । नदीमा आठवटा पोल गाड्नुपर्नेमा तीनवटाको जग निर्माण सम्पन्न भइसकेको छ ।

यसबाहेक रुख कटान अनुमति प्राप्त भएका स्थानमा पनि काम काम जारी छ । विश्व बैङ्क बाहिरिएपछि नेपाल सरकार तथा प्राधिकरणलाई करिब ८ अर्ब रुपियाँ थप आर्थिक दायित्व सिर्जना हुने अनुमान छ ।

पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने २८८ किलोमिटर प्रसारण लाइनका लागि ७९२ वटा टावर निर्माण गर्नुपर्छ । यसमध्ये करिब ७०० टावर खडा गरिएको छ ।

रुख कटानको स्वीकृतिमा भएको ढिलाइ र स्थानीयको अवरोधका कारण बाँकी टावरहरूको निर्माण हुन सकेको छैन् ।

खास गरी हेटौँडा उपमहानगरपालिका वडाहरू १५, १६ र १७ स्थिति हटिया क्षेत्रका बासिन्दाको अवरोधका कारण निजी जग्गामा पर्ने १४ वटा टावरको निर्माण सुरु हुन सकेको छैन् ।

त्यस्तै सर्लाहीको जियाजोर क्षेत्रमा टावर खडा गर्न सर्वोच्च अदालतले काम रोक्न अन्तरिम आदेश दिएकाले तीन वर्षदेखि त्यहाँ केही काम हुन सकेको छैन् । सिरहाको लाहान पडरिया क्षेत्रमा पनि स्थानीयको अवरोध छ ।

हेटौँडा–ढल्केबर– इनरुवा ४४० केभी प्रसारण लाइन विद्यमान १३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ ।

प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँ बायाँ २३र२३ मिटर हुन्छ । आयोजनाले ५१८ हेक्टर वन क्षेत्रमा रहेका रुख काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिन अधिग्रहण गर्नुपर्नेछ ।

मार्गाधिकारमा ४७५ हेक्टर निजी जग्गा र १७१ वटा घर तथा अन्य संरचनाहरू प्रभावित हुनेछन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *