Sarokar News

Best News Forever

देश समाज मधेश प्रदेश राजनीति

वीरगञ्जमा एमाले र लोसपाले गठबन्धन गर्ने

वीरगञ्ज, पर्साको वीरगञ्ज महानगरपालिकामा नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धनको सहमति जुटेको छ ।

३० वैशाखमा हुने चुनावमा वीरगञ्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् । उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् ।

सरावगी वर्तमान मेयर पनि हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए । एमाले केन्द्रीय सदस्य अरविन्द सिंहले यसको पुष्टि गरे । वडाध्यक्ष र सदस्यको हकमा भने टुंग्याउन बाँकी छ ।

सत्ता गठबन्धनबाट वीरगञ्जको मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *