Sarokar News

Best News Forever

देश समाज मधेश प्रदेश राजनीति समाचार

सपुतबहादुर कार्कीले गरे काँग्रेसबाट चन्द्रपुरको प्रमुखमा दाबी

चन्द्रपुर । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचले यति बेला चन्द्रपुर नगर क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । अहिले चोक चौतारादेखि चिया पसल हुँदै नेताका घरदेखि टोलका चोक–चोकमा चुनावी बहस हुने गरेका छ ।

बौद्धिक वर्गमा केन्द्रीय नेतृत्वसंँग पहुँच पुर्याउन सक्ने प्रमुख भए धेरै बजेट उपलब्ध गराएर समग्र नगरको विकास गर्न सक्ने नेतृत्वको खोजी भइ रहेको छ
। युवामाझ समृद्ध नगर र रोजगारीको ग्यारेन्टी गर्ने प्रमुखलाई बनाउने बसह पनि चल्न थालेको छ ।

सबै आआफ्नो रढानीति बनाएर टिकटका लागि काठमाण्डौसम्म पुगिसकेको अवस्थामा चन्द्रपुर नगरमा कांँग्रेसका युवा नेता सपुतबहादुर कार्कीले प्रमुख आफ्नो दाबेदारी पेश गरेका छन् ।

लामो समयदेखी नेपाल रेडक्रस सोसाईटीमा रहेर समाज सेवामा सक्रिय रहेका कार्की समाजिक संघ संस्थामा समेत सक्रिय रहंदै नेपाली कांँग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । कार्की कांग्रेसभित्र कुशल संगठकका रूपमा परिचित छन ।

विद्यार्थी नेताबाट राजनीतिमा पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन । विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेका छन् ।

नगरभित्रका सामाजिक क्षेत्रमा सक्रिय संघ–संस्थामा बसेर जनताका लोकप्रियता बटुलेका कार्की मेयरका बलिया दाबेदार हुन । राष्ट्रिय तथा अन्र्तराष्ट्रि संघ संस्थामा रहेर काम गरेका कार्कीले टियुबाट स्नातक गरेकाछन् ।

बिभिन्न सामाजिक काम गरे वापत नेपाल सरकारबाट २०७५ मा जन सेवाबाट सम्मानीत कार्कीले यसपटक आफूलाई पार्टीले विश्वास गरेर टिकट दिने दाबी गर्दै समुन्नत नगर बनाउने आफ्नो सपना रहेको बताउँछन ।

उनले चन्द्रपुर नगरबासीलाई एक पटक बिशवार गरेर आफुलाई मतदान र्ग समेत आग्रह गरेका छन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *