Sarokar News

Best News Forever

खेलकुद

साफ यु‍-१८ च्याम्पियनसिपमा पहिलो जीतको खोजीमा नेपाल

काठमाडौ, भारतमा जारी साफ यु १८ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेलमा आज बंगलादेशको सामना गर्दैछ । खेल जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा बेलुका सवा ७ बजे सुरु हुनेछ ।

बंगलादेशलाई हराउँदै नेपाल पहिलो जीत निकाल्न चाहन्छ । तर, गत संस्करण विजेता बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन् । दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल उक्त हारको बदला लिन चाहन्छ ।

नेपालले पहिलो र तेस्रो खेलमा भारतसँग क्रमशस् ७–० र ५–१ को हार बेहोरेको थियो । बंगलादेश भने नेपालविरुद्धको जिीलाई कायम राख्ने सोचमा छ । उसले दोस्रो खेलमा भारतसँग १–० को हार बेहोरेको थियो ।

३ खेलमा अंक विहीन नेपाल पुछारमा रहँदा बंगलादेश २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *