Sarokar News

Best News Forever

जीवनशैली देश समाज बागमती प्रदेश समाचार स्वास्थ्य

स्वास्थ्य मापदण्ड अपनाएर फागुपूर्णिमा मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् ।

उनले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरूलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।

समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्नेमा प्रधानमन्त्री देउवाले विश्वास पनि व्यक्त गरेका छन् ।

फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अवीर खेल्दै फागुपूर्णिमा मनाइन्छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *