Sarokar News

Best News Forever

देश समाज समाचार स्वास्थ्य

५०६२ नमूना परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि

काठमाडौ, नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६२ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अवधिमा १९२ जना निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म ९ लाख ६० हजार ८७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५० रहेको मन्त्रालयको भनाइ छ ।

आज देशभर ५ हजार ५० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, १ लाख १ हजार ३०४ जनाले आज कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *