Sarokar News

Best News Forever

Sushree

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग सञ्चालन सम्भाव्यताबारे सेनासँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। चालु आर्थिक वर्षको नीति…

आज मध्यरातिदेखि राष्ट्रिय सभा निर्वाचनकाे प्रचारप्रसारमा रोक

काठमाडौं, माघ ८ । राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वचान आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न रोक लगाएको हो । राष्ट्रिय सभा निर्वाचन माघ ११…

सहकारी घोटला प्रकरणमा रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं, ८ माघ । सहकारी घोटला काण्डमा नाम आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन् । ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिवी राई र रास्वपा सभापति लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको छ…

स्वास्थ्य

सरकारी स्वास्थ्य बिमा कार्यक्रमको सह-भुक्तानी प्रणाली

सरकारी स्वास्थ्य बिमा कार्यक्रममा आबद्धहरूले तोकिएको निश्चित रकम बराबरको स्वास्थ्यउपचार नि:शुल्क रूपमा पाउँदै आएको पुरानो व्यवस्थालाई हालै परिवर्तन गरिएको अधिकारीहरूले बताएका छन्। नयाँ व्यवस्थाअनुसार अब उक्त बिमा कार्यक्रममा आबद्ध भएकाहरूले कतिपय सेवा लिन त्यसमा लाग्ने शुल्कको १० प्रतिशत हिस्सा आफैँले…

१ नम्बर प्रदेश देश समाज

विराटनगर, प्रदेश सरकार मातहतमा रहने गरी पाँच वर्षअघि संघले हस्तान्तरण गरेको विराटनगर चक्रपथ आयोजना संघीय सरकारले नै फिर्ता लगेको छ । गत मङ्सिर १८ गते अर्थ मन्त्रालयको निर्णयबाट उक्त आयोजना संघमै फिर्ता गरिएको पत्र भर्खरै कोशी प्रदेशको पूर्वाधार विकास मन्त्रालयमा…

रवि र जीबीविरुद्धको उजुरीमा सीआईबीले अनुसन्धान गर्ने

काठमाडौं, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई जोडिएको सहकारी ठगी सम्बन्धी प्रकरणको छानविन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले गर्ने भएको छ । सिआईबीले लामिछाने र राई जोडिएका सहकारी…

पार्टीका कार्यकर्ता, सांसद चुप लाग्लान्, तर जनता चुप लाग्ने छैनन् -सांसद सरिता प्रसाईं

काठमाडौँ । मुलुकमा सुशासन, दिगो विकास, शान्ति, राजनीतिक स्थायित्व कायम गर्न भ्रष्टाचार प्रमुख चुनौतीको रूपमा खडा भएको छ । जनतामा विश्वास जगाइ मुलुकमा समृद्धि ल्याउन भ्रष्टाचार अन्त्य गर्न आवश्यक छ । राजनीतिक नेतृत्वबीच दृढ इच्छाशक्ति भएकै कारण मुलुकमा निरङ्कुश शासन…

मुख्य समाचार

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् । युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आईत्वार बिहान स्वदेश फर्किएका हुन् । उनी माघ ४ गते राति…

मुख्य समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता

काठमाडौं : असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रको १९ औँ सम्मेलनमा भाग लिन युगान्डामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ। आज युगान्डाको कम्पालामा रहेका उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र…

कोशी प्रदेशका विभिन्न समूहसँग वार्ता गर्न जबेगुको नेतृत्वमा समिति गठन

काठमाण्डाै-कोशी प्रदेश नामकरणको विरोधमा रहेका विभिन्न समूहसँग वार्ता गर्न प्रदेश सरकारले समिति गठन गरेको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका…