Sarokar News

Best News Forever

देश समाज

१ नम्बर प्रदेश देश समाज

विराटनगर, प्रदेश सरकार मातहतमा रहने गरी पाँच वर्षअघि संघले हस्तान्तरण गरेको विराटनगर चक्रपथ आयोजना संघीय सरकारले नै फिर्ता लगेको छ । गत मङ्सिर १८ गते अर्थ मन्त्रालयको निर्णयबाट उक्त आयोजना संघमै फिर्ता गरिएको पत्र भर्खरै कोशी प्रदेशको पूर्वाधार विकास मन्त्रालयमा…

विश्व हिन्दू यूवा संघले गर्यो र प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारबीच बृहत अन्तरकृया

काठमाडौ, खोजि मौलिकताको, अभियान समृद्दिको खोजौ नेपाली, रोजौ नेपाली भन्ने मूल नारा लिएर बिश्व हिन्दू यूवा संघले यूवा र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारसित अन्तरकृया कार्यक्रम रेको छ । कार्यक्रममा बिश्व हिन्दू महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, नेपाली काँग्रेसका उम्मेदवार…

गठबन्धन जोगाउनैपर्ने दबाबमा कांँग्रेस, बार्गेनिङमा माओवादी

काठमाडौं, संघ र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई गठबन्धन जोगाउनैपर्ने दबाब सिर्जना भएको छ। २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांँग्रेससँग चुनावी तालमेल गरेको माओवादी संघ र प्रदेश निर्वाचनमा एमालेसँग मिल्‍न गएपछि कांँग्रेसलाई ठूलो क्षति भएको थियो।…

१ लाख १५ हजार म्यादी भर्ना गर्दै नेपाल प्रहरी

काठमाडौं, नेपाल प्रहरीले प्रतिनिधि सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक…

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज विधिवत् सुरु

काठमाडौ, प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज विधिवत् सुरु भएको छ। आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म…

पार्टी खोल्नु नाङ्लोमा पसल राख्नु जस्तो होइन् : नेता सिंह

काठमाडौ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन् । शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवीन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म…

प्रतिनिधिसभाको अर्को बैठक २९ गते

काठमाडौं-प्रतिनिधिसभाको बैठक सरेको छ। शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने संसद् सचिवालयद्वारा जारी सूचनामा भनिएको छ। अर्को बैठक भदौ २९ गते बिहान ११ बजेका लागि तोकिएको छ। निर्वाचन आयोगले आगामी निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउने मिति…

महाअभियोग समितिको बैठक बस्दै

काठमाडौं, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बयान लिन महाअभियोग सिफारिस समितिको बैठक बस्दै छ। सिंहदरबारमा दिउँसो १२ : ३० बजे बैठक बस्न लागेको हो। शनिबार उनीसँगको बयान सक्ने तयारी समितिको छ। राणासँगको बयान शनिबार तेस्रो दिन हो। राणालाई सोध्न समितिले ४३…

दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

दार्चुला– दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो। शुक्रबार राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका…

तीज, पाटी प्यालेसको दर र कालाचश्मा नाच !

सुनिता अधिकारी, तीज आउनु पहिलेदेखि नै दर पाटी र नाचगान । दरको नाममा कतिपयले ‘दारु’ पनि खाएको देखियो । कतिपय गीत सुनिनसक्नुको । कति नाच हेरिनसक्नुको । हुँदाहुँदा अहिले ‘काला चश्मा’ भन्दै टिकटकमा भाइरल नाच देखाउने होडबाजी । यी सबै…