Sarokar News

Best News Forever

अन्तराष्ट्रिय

चीनमा फेरि बढ्न थाले कोरोना संक्रमित, थप अर्को शहरमा लकडाउन घोषणा

एजेन्सी, कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन शहरमा लकडाउन घोषणा गरिएको छ ।

शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ । सो अवधिसम्म सार्वजनिक सवारी साधनहरू पनि नचल्ने स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रतिबन्ध लगाएको हो । पछिल्लो समयमा चीनमा कोभिड संक्रमण दर बढ्दो छ ।

‘यदि रोकथाम र नियन्त्रणलाई समयमै र निर्णायक रूपमा सशक्त बनाइएन भने यो सजिलै समुदायस्तरमा फैलिन सक्छ’, शेनजेनका स्वास्थ्य अधिकारी लिन ह्यान्चेङले भने ।

चीनभर संक्रमणमा वृद्धिले अधिकारीहरूलाई सांघाइमा विद्यालय र उत्तरपूर्वी शहरहरू बन्द गर्न बाध्य बनाएको छ । चीनमा पहिलोपटक २०१९ को अन्त्यतिर कोरोना भाइरस देखिएको थियो ।

त्यसयता चीनले शून्य–कोभिड नीति अंगिकार गर्दै आएको छ । चीनले संक्रमण बढेपछि यही साता उत्तरपूर्वी शहर चाङ्गचुनमा पनि लकडाउन घोषणा गरेको थियो ।

वर्ल्डोमिटर्सका अनुसार गत २४ घण्टामा चीनमा १ हजार ९३८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ महिनौँपछि यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

हालसम्म चीनमा १ लाख १६ हजार ९०२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख ३ हजार संक्रमणमुक्त हुँदा ४ हजार ६३६ जनाको मृत्यु भएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *