Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश समाचार

नेपाल आउँदै डब्ल्युएचओका महानिर्देशक टेड्रोस

काठमाडौ, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउँदैछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी ८ वैशाखमा नेपाल आउन लागेका हुन् ।

उच्चस्तरीय ३ दिने भ्रमणका क्रममा टेड्रोसले नेपालका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने मन्त्रालयले जनाएको छ ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने भएका हुन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *