10.7 C
Nepal
Saturday, December 3, 2022
spot_img
spot_img

प्रधानमन्त्री तीन दिने भ्रमणका लागि भारत प्रस्थान

spot_img

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि छिमेकी मुलुक भारत प्रस्थान गरेका छन्। पत्नी आरजु देउवासहित ५० जनाको जम्बो टोली लिएर देउवा भारत प्रस्थान गरेका हुन्।

उनी चार मन्त्रीसहितको टोली लिएर भारतको औपचारिक भ्रमणमा निस्किएका हुन्। देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी छन्। सरकारले प्रधानमन्त्री देउवाले ३ दिनसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको छ। ​

- Advertisement -

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img