Sarokar News

Best News Forever

खेलकुद

आइपीएलमा हैदराबादको लगातार तेस्रो जीत

एजेन्सी, इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातिको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

लगातार तेस्रो जीत निकाल्ने क्रममा हैदराबाद कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटले विजयी भएको हो । १७६ रनको लक्ष्य हैदराबादले १७।५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि राहुल त्रिपाठी र एडेन मार्करमले अर्धशतकीय पारी खेले । ७१ रन बनाएका त्रिपाठीले ३७ बलमा चार चौका र ६ छक्का प्रहार गरे । ​

मार्करम ३६ बलको सामना गर्दै ६ चौका र चार छक्कासहित ६८ रनमा अविजित रहे । कप्तान केन विलियमसनले १७ जोडे । कोलकाताका आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले १ विकेट लिए ।

यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

कोलकाताका लागि नितिश रानाले ५४ रनको अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे ।​

आन्द्रे रसेल २५ बलमा समान चार चौका र छक्कासहित ४९ रनमा अविजित रहे । कप्तान श्रेयस आय्यरले २८ रन जोडे ।

हैदराबादका टि नटराजनले तीन, उर्मान मलिकले दुई तथा भुवनेश्वर कुमार, मार्को जेन्सेन र जगदिश सुचितले एक/एक विकेट हात परे ।

यो जीतसँगै सातौं स्थानको हैदराबादले पाँच खेलमा ६ अंक जोडेको छ । पराजित कोलकाताले भने शीर्ष स्थानमा उक्लने मौका गुमायो । उ ६ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *