Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

काँग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव पेश, बैठक भोलि पुनः बस्ने

काठमाडौं, सत्तारुढ दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्य समितिको बैठकमा स्थानीय तहको निर्वाचन र गठबन्धनका दलहरुबीचको चुनावी तालमेलका सन्दर्भमा सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव प्राप्त भएको छ ।

‘घर–घर जाऔं, काँग्रेस जिताऔं भन्ने अभियान सञ्चालन गर्दै आएको काँग्रेसको बैठकमा जिल्ला, प्रदेश र स्थानीय तहको परिस्थितिबारे केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

‘कुन ठाउँमा कस्तो वस्तुस्थिति छ, त्यसका आधारमा कहाँ तालमेल गर्ने र कहाँ नगर्ने त्यसको निर्कियौंल गर्ने र समग्रमा पार्टीलाई कसरी मजबुत बनाउने भन्ने विषयमा समग्ररुपमा समीक्षा एवम् मूल्याङ्कन भयो, उनले बताए ।

अधिकांश मत तालमेल, समझदारी र गठबन्धन गरेर जाने भन्ने रहेको र कतिपय मत गठबन्धन नगरी एक्लै पार्टीलाई परीक्षण गर्नुपर्छ भन्ने पनि रहेको उनको भना छ ।

संविधानको मूल्य र मान्यता कमजोर बनाउने विशिष्ट परिस्थितीमा गठबन्धनको निर्माण भएकोले यसलाई अगाडि बढाउदा नै जित्ने स्थिति बन्ने उनले बताए ।

काँग्रेस केन्द्रीय कार्य समितिको भोलि पुनः मंगलबार दिउँसो ३ बजे बस्ने बैठकले यसबारे निर्णय गर्ने तयारी छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *