Sarokar News

Best News Forever

गण्डकी प्रदेश देश समाज राजनीति समाचार

तनहुँमा तालमेल गरेर चुनाव लड्ने एमाले र गोविन्दराज जोशी समूहबीच सहमति

तनहुँ, नेपाली कांँग्रेसको पाँच बर्से कारबाहीमा रहेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा आसन्न स्थानीय चुनावमा नेकपा एमालेसँग तालमेल गर्ने भएको छ ।

दीपकराज जोशी व्यास नगरपालिकाको प्रमुख पदमा उठ्ने भएपछि जोशी समूहले चुनावमा एमालेसँग तालमेल गर्ने भएको हो । दीपकराज गोविन्दका छोरासमेत हुन् ।

उनले प्रमुख उठ्न चुनावी प्रचारलाई तीव्र बनाएका छन् । साथै, जोशीले सम्पर्क कार्यालयसमेत खोलेका छन् । शनिबार भएको छलफलमा जोशी समूह र एमालेबाट चार/चार जना रहने चुनावी परिचालन समिति गठन गर्ने निर्णय भएको थियो । बैठक जोशी निवासमा बसेको थियो ।

एमालेसँग सबै पालिकाका प्रमुख, उपप्रमुखलगायत पदहरूमा साझा उम्मेदवारी दिने सहमति भएको दीपकराजले बताए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *